site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणमा आठ सम्झौतामा हस्ताक्षर हुने
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणमा थाइल्यान्डसँग आठ समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । दुईवटा सम्झौता सरकारी निकायबीच र ६ वटा निजी क्षेत्रबीच हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण गर्दै छन् । सोही अवसरमा उनी बैंककमा हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच संस्कृति आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदै छ  । यस्तै, पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर गर्ने तयारी छ । 

स्रोतका अनुसार, काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको एक विश्वविद्यालयबीच पनि एक सम्झौता हुँदै छ । नेपाल नेत्रज्योती संघ र थाइल्यान्डकोसंस्थाबीच पनि एक सम्झौतामा हस्ताक्षर हुने तय भएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro