site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसद्‌मार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने उल्लेख गरे । गणतन्त्रवादीहरूलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनुपर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे ।

प्रधानमन्त्रीले अराजकतालाई मलजल गरेको आरोप लगाए । व्यवस्थाविरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर गुमाएको उनको भनाइ छ ।

"आज प्रधानमन्त्रीले संसद्‌मा आएर सबै घटनाक्रमका बारेमा देशलाई अपिल गर्ने, गणतन्त्रवादीहरूलाई एकताबद्ध गराउने र यो व्यवस्थाका बारेमा विश्वास आर्जन गर्ने एउटा ठूलो अवसर थियो । यति ठूलो कुरा संसद्मा आएर नगरेर प्रधानमन्त्री कहाँ अल्मलिरहनुभएको छ ? यसले के देखाउँछ भने यो व्यवस्थालाई रक्षा गर्नका निमित्त यो व्यवस्थालाई सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेवार हुनुहुन्न । र यो अराजकता र बेथितिलाई थप मलजल गर्ने काम गरी राख्नुभएको छ," उनले भने ।

सांसद सापकोटाले प्रधानमन्त्री र सत्तापक्ष असहिष्णु, गैरजिम्मेवार, घटनाक्रम र व्यवस्थाप्रति संवेदनशील नभएको आरोप लगाए । राजनीतिक परिस्थिति थप जटिल बन्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro