site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवीन्द्र, धवललाई रिहा गर्न राप्रपाको ‘अल्टिमेटम’, आन्दोलनको चेतावनी (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार (चैत १५) तीनकुनेमा राजावादीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले ज्यादती गरेको आरोप लगाएको छ । सरकारले नै हिंसा भड्काएको राप्रपाले निष्कर्ष निकालेको छ ।

शनिबार (चैत १६) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकबाट उक्त घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । त्यसक्रममा पक्राउ गरिएका आफ्ना पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्न समेत माग गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

“निर्दोष मानिसहरूलाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न राप्रपाले माग गर्ने निर्णय गरेको छ,” उनले भने ।

उनीहरूलाई २४ घण्टाभित्र बिनासर्त रिहा नगरिए देशभर विरोधका कार्यक्रम गर्ने उनले चेतावनी दिए । “२४ घण्टाभित्र बिनासर्त रिहाइ गरेन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर विरोधका कार्यक्रमहरू गरेर जाने र यसलाई आन्दोलनकै रूपमा उठाएर लाने निर्णय गरेको छ,” उनले भने ।

राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरासहितका व्यक्तिहरूलाई पक्राउ गरेर मुद्दामा फसाउने योजना बनाइएको भन्दै उनले आपत्ति जनाए । “हिजो शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुनुभएका हाम्रा पार्टीका नेताहरू – रवीन्द्र मिश्र, धवलशमशेर र अधिवक्ता स्वागत नेपाललाई जुन ढंगले पक्राउ गर्ने र मुद्दामा फसाउने योजना बनाइएको छ,” उनले भने ।

उनले तोडफोड, आगजनीमा मिश्र, जबराहरू संलग्न नभएको जिकिर गरे । “त्यो हिंसा भड्काउनमा, आगजनी गराउनमा, तोडफोडमा संलग्न उहाँहरू पनि देखिन्छ भने छानबिन होस्, कारबाही होस् । तर, उहाँहरू संलग्न हुनु हुन्न,” उनले भने ।

प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न पनि राप्रपाले माग गरेको छ । सरकारले सुरक्षा दिन नसकेको, पूर्वराजा ज्ञानेन्द्र शाहलाई घटनामा मुछिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro