site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जुम्रा, उपियाँ र उडुस

सरकार,
तपाईंको शिरमा बस्न चाहन्छु
तपाईंको कपाल बाक्लो छ
म जुम्रा हुँ 
तपाईंको शिरमा सुरक्षित हुन्छु
सरकारको शिरमा
हात लगाउने कसको हिम्मत !

सरकार, 
तपाईंको ओछ्यानमा बस्न चाहन्छु
सरकारजस्तै
ओछ्यान पनि मोटो छ 
म उडुस हुँ
रगत खाँदै
सरकार र ओछ्यानजस्तै मोटाउन चाहन्छु
सरकारको ओछ्यानमा पुग्ने कसको तागत !

सरकार,
तपाईंको शरीरमा 
म रहन चाहन्छु
हृष्टपुष्ट सरकारको शरीरमा 
म उपियाँ रगत खाँदै गर्दा 
मेरो जीवन दीर्घ हुन्छ 
सरकारको 
शरीरमा स्पर्श गर्ने, छुने कसको आँट !

सरकार,
तपाईं भन्नुहोला– 
म शासक हुँ
जनताको 
टाउकोमा बस्
टाउको खुइलिइसकेको छ
जनताको ओछ्यानमा बस्
सडक ओछ्यान भएको छ
र जनताकै शरीरमा बस्
शरीर 
अस्थिपञ्जर भएको छ
सरकारकै
आदेशमा जनताको 
टाउकोमा बसेँ 
ओछ्यानमा बसेँ 
र शरीरमा बसेँ 
उनीहरूसँग अब रगत छैन 
म रगतविना बाँच्न सक्दिनँ !
आदेश तामिल गर्ने
आज्ञाकारी दास हुँ

अब तपाईंको टाउकोमा
ओछ्यानमा
र शरीरमा आउँदै छौँ
तयार रहनुस्
सरकार !
कविता 
जुम्रा, उपियाँ र उडुस
ओम आचार्य

सरकार,
तपाईंको शिरमा बस्न चाहन्छु
तपाईंको कपाल बाक्लो छ
म जुम्रा हुँ 
तपाईंको शिरमा सुरक्षित हुन्छु
सरकारको शिरमा
हात लगाउने कसको हिम्मत !

सरकार, 
तपाईंको ओछ्यानमा बस्न चाहन्छु
सरकारजस्तै
ओछ्यान पनि मोटो छ 
म उडुस हुँ
रगत खाँदै
सरकार र ओछ्यानजस्तै मोटाउन चाहन्छु
सरकारको ओछ्यानमा पुग्ने कसको तागत !

सरकार,
तपाईंको शरीरमा 
म रहन चाहन्छु
हृष्टपुष्ट सरकारको शरीरमा 
म उपियाँ रगत खाँदै गर्दा 
मेरो जीवन दीर्घ हुन्छ 
सरकारको 
शरीरमा स्पर्श गर्ने, छुने कसको आँट !

सरकार,
तपाईं भन्नुहोला– 
म शासक हुँ
जनताको 
टाउकोमा बस्
टाउको खुइलिइसकेको छ
जनताको ओछ्यानमा बस्
सडक ओछ्यान भएको छ
र जनताकै शरीरमा बस्
शरीर 
अस्थिपञ्जर भएको छ
सरकारकै
आदेशमा जनताको 
टाउकोमा बसेँ 
ओछ्यानमा बसेँ 
र शरीरमा बसेँ 
उनीहरूसँग अब रगत छैन 
म रगतविना बाँच्न सक्दिनँ !
आदेश तामिल गर्ने
आज्ञाकारी दास हुँ

अब तपाईंको टाउकोमा
ओछ्यानमा
र शरीरमा आउँदै छौँ
तयार रहनुस्
सरकार !
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro