site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नवराज सुवेदीले भने– आन्दोलन जारी छ, ज्ञानेन्द्रलाई बदनाम गराउने प्रयास भयो

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहेको जनाएको छ । शनिबार समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएको हो । 

आन्दोलनको नेतृत्वको जनता स्वयंले गरेको समितिले दाबी गरेको छ । कसैकाे इसारामा आन्दोलन नहुने समितिले बताएकाे छ ।

शुक्रबार तीनकुनेका भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको भन्दै बदनाम गराउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ । 

दुर्गा प्रसाईंलगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रमपछि रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाललगायतलाई पक्राउ गर्ने काम भएको भन्दै आफूलाई नजरबन्दमा राखिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी बताएका छन् । 

12-1743222855.jpg
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro