site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रत्न राज्यको स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा शनिबार (चैत १६)का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । 

क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले शुक्रबार सूचना जारी गरेर निर्वाचन स्थगित भएको जानकारी दिएका हुन् । 

चैत १५ गतेका दिन काठमाडौं उपत्यकाको अवस्था भयावह सिर्जना भई सुरक्षाको अवस्था असामान्य भएकाले निर्वाचन स्थगित गरिएको उनले उल्लेख गरेका छन् । 

“शनिबार हुने निर्वाचन हुन नसक्ने बेहोरा सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारीका लागि अनुरोध गर्दै यथाशीघ्र सर्वदलीय बैठक राखी अर्को निर्वाचन मिति तय गर्नेसमेत जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।

487083419_2182656292131416_2277659084406323099_n-1743190529.jpg
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro