site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
राजावादीको प्रदर्शनमा जे देखियो... (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार बिहान ११ बजे राजावादीको प्रदर्शनको चहलपहल सुरु हुँदै थियो । 

उनीहरूलाई रोक्न प्रहरीको चार घेरा थियो । एकाएक कोटेश्वरतर्फबाट एक हुल भिड निस्कियो । भिड कार्यक्रमस्थलतर्फ प्रवेश नगरी सिधै प्रहरीतर्फ अगाडि बढ्यो ।

भिडले ट्राफिक कोन लगायतका सामग्रीहरू तोडफोड गर्न थाल्यो । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । धेरै हदसम्म भिड तितरबितर भइसकेको बेलामा ‘संयुक्त जनआन्दोलन समिति’का ‘कमान्डर’ दुर्गा प्रसाईंको इन्ट्री भयो ।

प्रसाईंले प्रहरीको चार घेरालाई पनि तोडेर आन्दोलनलाई भड्काए । निषेधित घेरा तोडेर बानेश्वरतिर अघि बढ्न खोजेपछि प्रहरीले उनको गाडी रोकेको थियो । गाडी केहीबेर रोकियो तर त्यसपछि प्रहरीलाई पेलेर अघि बढ्यो ।

आन्दोलनका क्रममा दुईजनाको मृत्यु भइसकेको छ । सरकारले सडकमा सेना समेत परिचालन गरेको छ ।

तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले तीनवटा निजी घरमा तोडफोड गरेका थिए भने जडीबुटी प्रशोधन केन्द्रमा आठवटा सवारीसाधन जलाएका छन् ।

मेडिकल व्यवसायी प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि शुक्रबार प्रदर्शन भएको थियो । यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’, राप्रपा, राप्रपा नेपाललयायतले पनि समर्थन गरेका थिए ।

rajabadi-protest-(18)-1743171856.jpg

rajabadi-protest-(1)-1743171856.jpg

rajabadi-protest-(12)-1743171855.jpg

rajabadi-protest-(14)-1743171855.jpg

rajabadi-protest-(10)-1743171854.jpg

rajabadi-protest-(11)-1743171854.jpg

rajabadi-protest-(8)-1743171853.jpg

rajabadi-protest-(9)-1743171853.jpg

rajabadi-protest-(6)-1743171852.jpg

rajabadi-protest-(7)-1743171852.jpg

rajabadi-protest-(4)-1743171851.jpg

rajabadi-protest-(5)-1743171851.jpg

rajabadi-protest-(2)-1743171850.jpg

rajabadi-protest-(3)-1743171850.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro