site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मलाई स्वर्ग पठाए, धन्यवाद छ केपी ओली : प्रचण्ड

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई 'स्वर्ग' पठाएर प्रधानमन्त्री केपी शर्मा ओली 'नर्क' गएको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले आफूलाई ओलीले जनतातिर जान बाध्य पारेको बताए ।

“मलाई नर्कतिर उनी स्वर्गतिर होइन, उनी नर्कतिर मलाई स्वर्गतिर फर्काइदिएको हो । मलाई जनतातिर फर्कन बाध्य पारे,” उनले भने ।

उनले प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत दिए । “आफू दलाल पुँजीपती, बिचौलियाको सेटिङमा गएर उनी दलालको पनि दलाल भए । नर्क त उनी गए, मलाई र आन्दोलनलाई स्वर्गतिर जान प्रेरित गरे, धन्यवाद छ केपी ओलीलाई,” प्रचण्डले भने । 

उनले ओलीले त्यसो नगरेको भए आफू सत्तामै रुमलिएको हुन सक्ने बताए । “त्यसकारण नकारात्मक गुरु त मान्नपर्छ उनलाई । अहिले पनि उल्टो उल्टो गरी हिँडेका छन्,” उनी भन्छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro