site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी : अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन, खबरदार !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'ले जनताको र राजनीतिक दलहरुको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । 

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रममा उनले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए । “नेपाली जनताको र नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्,” प्रचण्डले भने ।
 
उनले ज्ञानेन्द्रले धेरै गल्ती गरेकाले त्यसको परिणाम भोगिरहेको बताए । “अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन् । खबरदार,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro