site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अधिकारीको मुक्तककृति ‘मायामा माया’ लोकार्पित

ललितपुर । मुक्तक लेखक नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ एक समारोहबीच लोकार्पण गरिएको छ । जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले कृति लोकार्पण गरेका हुन् ।

उनले छोटा शब्दमा गहिरा भाव अभिव्यक्त हुने मुक्तक रुचाइने विधा भएको बताए । खरेलले लेखक अधिकारीलाई आगामी दिनमा थप कृतिहरू ल्याउन अभिप्रेरित गरे ।

डा. शान्तिमाया गिरीले कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै माया प्रेमका विषयमा लेखिएका अधिकारीका मुक्तक गहिरा र भावपूर्ण भएको बताइन् । उनले मुक्तककार अधिकारीले कथा कविता लेख्दै आएको भए पनि पछिल्लो समय चतुश्पदीय मुक्तकले आफूलाई तानेको बताइन् । 

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा साहित्यकार श्रीओम रोदन, विधान आचार्य, मुक्तक प्रतिष्ठानका रामकाजी कोने, पवन आलोक, प्रकाश घायल र कृतिकारका पिता मुक्तिनाथ खनाललगायतले बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro