site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
वासु शशी स्मृति परिषद्‌बाट तीन सर्जक सम्मानित तथा पुरस्कृत

काठमाडौं । वासु शशी स्मृति परिषद्ले प्रसिद्ध कवि तथा नाटककार वासु शशीको ८९औँ जन्मजयन्तीको अवसर पारेर तीन सर्जकलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अग्रज नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान २०८१’ बाट सम्मानित गरेको छ ।

परिषद्ले कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार २०८१’ बाट नगद राशि २५ हजारसहित पुरस्कृत गरेको छ ।

त्यस्तै, कवि साहित्यकार सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार २०८१’ नगद राशि २५ हजारसहित पुरस्कृत गरेको छ । यो पुरस्कार कवि कृष्ण जोशीको स्मृतिमा स्थापना गरिएको हो ।

कार्यक्रममा सम्मानित एवम् पुरस्कृतहरूलाई सम्मानपत्र प्रदान गर्दै प्रमुख अतिथि अग्रज साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले वासु शशीसँगका स्मृतिहरू साझा गरे । शशीको गुणको चर्चा गर्दै खरेलले मिलनसार स्वभावका वासु शशी अग्रज हुन् वा अनुज, जोसँग पनि मिल्ने बताए ।
खरेलले कवि शशीको कथामा आफूले नेपाली फिल्म ‘लोभीपापी’ बनाएको सम्झना गरे ।

सर्जक प्रकाश सायमीले वासु शशीसँगै सम्मानित तथा पुरस्कृत तीनै सर्जकहरूको परिचय दिए । उनले वासु शशी कवि नाटककार मात्रै नभएर गीतकार पनि भएको उल्लेख गरे ।

उक्त अवसरमा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले संस्थाले गरेका गतिविधिबारे जानकारी गराए ।

 

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro