site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादीहरूले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखे : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन माओवादीले सहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरूको अहिलेको बाटो त्यस्तै भएको जिकिर गरे ।

उनले राजावादीहरूले अगाडि सारेको पश्चगामी मुद्दाहरू सफल हुन नसक्ने बताए । आगामी दिनहरूमा राजावादीहरू अवाञ्छित क्रियाकलापमा लाग्ने गरेकाे भन्दै उनले त्यस्ता गतिविधिमा लाग्नेहरूलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने उल्लेख गरे ।

उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुर्मुराउनुपर्ने अवस्था सिर्जना भएको जिकिर गरे ।

"जसरी विगतमा माओवादीहरूले सहरी विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए, आज राजावादीहरू त्यसैगरी सपना देख्दै छन् । देशभरीका आफ्ना समर्थकहरूलाई भेला गरेर उनीहरू भन्दैछन् जनता त अब राजसंस्थाको पुनर्स्थापनाको पक्षमा छन् भन्ने खालको दाबी गरिरहेका छन् । उनीहरूले जुन प्रकारको बाटो अवलम्वन गरेका छन् त्यो बाटो हिजो माओवादी केन्द्रले अविलम्बन गरेको बाटो नै हो, जसलाई हामीले असफल बनाएका थियौँ, राजावादीहरु त्यही बाटो अविलम्बन गर्दैछन्," उनले भने ।

उनले राजसंस्था पुनर्स्थापना गर्ने राजावादीहरूको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro