site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अग्रगमनविरुद्धका प्रदर्शन सह्य नहुने समाजवादी मोर्चाको चेतावनी

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते गर्न लागेको जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको छ । 

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले गणतन्त्र पक्षधरको जनप्रदर्शनलाई कमजोर बनाउन अवरोध गर्ने सोच देखिएको भन्दै जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको हो ।

बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको जनप्रदर्शनलाई अवरोध गर्ने मूर्खतापूर्ण काम नगर्न चेतावनी दिए । उनले अग्रगमनका विरुद्ध हुने अन्य प्रदर्शन सह्य नहुने बताए । चैत्र १५ गते समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप र राजावादीहरूले काठमाडौको तीनकुनेमा प्रदर्शन गर्न लागेको छ ।

प्रवक्ता विश्वकर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन गरिएको भन्दै सहभागी हुन अपिल गर्ने निर्णय गरेको जानकारी दिए ।  

बैठकमा संसदको गतिरोधका विषयमा पनि छलफल भएको थियो । कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिनेमा एकमत रहेको विश्वकर्माले बताए । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro