site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बिहीबारलाई सर्‍यो राष्ट्रिय सभा बैठक

काठमाडौं । राष्ट्रिय सभा बैठक प्रतिपक्षी दलहरूको अवरोधकाबीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२ः१५ बस्ने भएको छ ।   

प्रमुख प्रतिपक्षी दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का सांसदले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएका थिए । 

विरोधपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिए । 

आज दिउँसो १ बजेर १५ मिनेटमा सुरु भएको राष्ट्रिय सभाको बैठक प्रतिपक्षी दलका सांसदको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो । 

१५ मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरि समय परिवर्तन गरी आजै ३ः४५ मिनेटका लागि तोकिएको थियो । उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro