site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमान प्रकरणले प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकबाट हटाइएको विषय पेचिलो बनेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक बिहीबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आधा घण्टाका लागि स्थगित भएर चार घण्टापछि बसेको बैठकमा पनि विपक्षी दलले घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान कायम राखेका थिए ।

सभामुख देवराज घिमिरले बैठक सञ्चालनका लागि बसेर सहयोग अनुरोध गरेका थिए । तर, विपक्षी दलका सांसदले प्रधानमन्त्रीको जवाफका लागि रुलिङको माग राखे ।

त्यसपछि सभामुखले सांसद बसेपछि मात्रै रुलिङको प्रक्रिया अघि बढाउन सकिने बताए । तर, विपक्षी दलका सांसदले अडान नछोडेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro