site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमान प्रकरणबारे संसद्‌मा मन्त्रीले जवाफ दिने प्रस्ताव प्रतिपक्षले गर्‍यो अस्वीकार
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रतिपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

संसद् बैठक आधा घण्टाका लागि स्थगित गरेर सभामुखसहित दलहरूको बैठक बसेको थियो । बैठकमा सत्तापक्षले विभागीय मन्त्रीका हिसाबले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जवाफ दिने प्रस्ताव गरेको छ । ऊर्जामन्त्रीको जवाफ दिएर सदन अघि बढाउनुपर्ने प्रस्ताव सत्तापक्षले राखेको छ ।

तर, प्रतिपक्ष दलले सत्तापक्षको प्रस्ताव अस्वीकार गरेको छ । प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षको अडान छ ।

“सत्तापक्षले विभागीय मन्त्रीले जवाफ दिने प्रस्ताव राखेको छ । हामीले प्रधानमन्त्रीकै जवाफ चाहिने माग राखेका छौँ । बैठकमा सहमति जुट्न सकेन,” माओवादीका सांसद लेखनाथ दाहालले भने ।

बैठकमा सहमति नजुटेपछि सत्तारूढ दलका नेताहरू बालुवाटार पुगेका थिए । तर, बालुवाटार बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई विधेयकको रूपमा लैजाने सहमति भएको छ । सदनको अवरोधका विषयमा कुनै छलफल नभएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनीष सुमनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro