site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण चैत १९ गतेबाट, के हुँदै छ सम्झौता ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण गर्ने भएका छन् । गएको सोमबार (चैत ११ गते) बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको पाँचदिने थाइल्यान्ड भ्रमण स्वीकृत गरेको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली थाइल्यान्डको राजधानी बैंककमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुने तय भएको छ ।

बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य रहेको बिमस्टेक शिखर सम्मेलन चैत २० देखि २२ गतेसम्म बैंककमा हुँदै छ । 

प्रधानमन्त्री ओलीले चैत २२ गते बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

थाइल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओली थाइल्यान्डका समकक्षीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक सकिएपछि नेपाल र थाइल्यान्डबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच ‘कल्चरल एग्रिमेन्ट’ हुनेछ ।  पर्यटन क्षेत्रमा सहकार्य समबन्धी समझदारी पत्रमा पनि हस्ताक्षर गर्ने तयारी छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro