site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनमा प्रतिपक्षको प्रश्न– कुलमानलाई किन हटाइयो ?
फाइल तस्बिर ।

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषय संसद्‌मा प्रवेश गरेको छ । बुधबार संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका छन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए । उनले स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कुरा छोप्न घिसिङलाई हटाइएको बताए । घिसिङलाई हटाएर सरकार बिचौलियाको पक्षमा उभिएको उनको आरोप छ ।

उनले चार महिना कार्यकाल बाँकी भएका व्यक्तिलाई हटाएको निर्णय फिर्ता लिन माग गरे । उनले चार महिना सरकार टिकाउन सकिन्छ भन्ने आत्मविश्वास गुमाएकाले घिसिङलाई हटाइएको आरोप पनि लगाए । 

“यो हदको मानमर्दन किन गर्‍यो ? सरकारलाई चार महिना पनि टिक्न सकिन्छ भन्ने विश्वास गुमाएकाले होला चार महिना अगावै सरकार विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुगेको छ,” बस्नेतले भने । 

उनले विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने निर्णय सुनाए । अहिले सदनमा विपक्षी दलका सांसद उभिएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro