site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिंहदरबारमा विपक्षी दलहरूको बैठक, के विषयमा हुँदै छ छलफल ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूको बैठक बसेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधव नेपालसहितका नेता सहभागी छन् ।

राजावादी सक्रिय भएपछि माओवादी केन्द्रसहितका दलहरूले गणतन्त्रको पक्षमा सडक प्रदर्शन गर्ने तयारी गरेका छन् ।

अर्कोतिर सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी सरकारको निर्णयविरुद्ध सडक प्रदर्शनमा सहभागी भइसकेका छन् ।

बैठकमा यिनै विषयमा छलफल भइरहेको बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro