site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले भन्यो– सरकारको औचित्य सकियो, विरोधका कार्यक्रमलाई साथ दिन्छौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएसँगै वर्तमान सरकारको औचित्य सकिएको पुष्टि भएको टिप्पणी गरेको छ ।

मंगलबार एक विज्ञप्तिमार्फत रास्वपाले घिसिङलाई बदनियतपूर्वक बर्खास्त गरिएको बताएको छ ।

"...गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कुटनीति र लगभग दुई तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ," रास्वपाको विज्ञप्तिमा भनिएको छ ।

वर्तमान सरकार 'भ्रष्टाचारी जोगाउने' र 'बिचौलिया पोस्ने' जगमा बनेको रास्वपाको आरोप छ । "...यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ," रास्वपाले भनेको छ ।

RSP-(2)-1742904975.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro