site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमानलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन : विश्वप्रकाश शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेपछि सामाजिक सञ्जाल एक्समा लेख्दै शर्माले बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको बताए ।

"कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो," शर्माले लेखेका छन् ।

यो निर्णय समयोचित नभएको उनले बताए । "कारबाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी भएको निर्णय समयोचित भएन," उनले भनेका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro