site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले टीआरसीसँग कुलमान घिसिङ साटेको शाहीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीसँग विद्युत् प्राधिकरणका सिईओ कुलमान घिसिङ साटेको आरोप लगाएका छन् । 

सोमबार तीन शीर्ष नेताको बैठकले टीआरसीका निम्ति सिफारिस समिति बनाउने सहमति गरेको थियो । सोहीअनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पुरानै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । 

सोही विषयमा व्यंग्य गर्दै शाहीले लेखेका छन्, “प्रचण्ड साह्रै नै बाठो छन् । टीआरसीसँग कुलमान पो साटेछन् ।”

आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताको गोप्य बैठकले कुलमान घिसिङलाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लंघन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टीआरसी विधेयक हुबहु पास गराउने  सहमति गरेको उनको दाबी छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro