site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता कायमै, दोस्रोमा स्वतन्त्र उमेदवार
फाइल तस्बिर ।

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अध्यक्षमा नेकपा (एमाले) निकट अनेरास्ववियुका विष्णु पोखरेलले अग्रता कायमै राखेका छन् ।

सोमबार अपराह्न साढे ५ बजेसम्म ४८६ मतगणना हुँदा पोखरेलले १८४ मत पाएका छन् । उनलाई पछ्याइरहेकी  स्वतन्त्र उमेदवार विप्लवी न्यौपानेले ८५ पाएकी छन् ।

तेस्रो स्थानमा रहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष सुशील न्यौपानेले ७७ मत पाएका छन् ।

यस्तै, अखिल (क्रान्तिकारी)का नवीन अधिकारीले ४४ मत पाएका छन् । संयुक्त प्यानलका सन्तोष पौडेलले ३४ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार कमल सुवेदीले २२ मत पाएका छन् । प्राज्ञिक परिषद्‌का दिप्सन गुरुङले १५ मत पाएका छन् ।

सचिवमा पनि अनेरास्ववियुकै अग्रता छ । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले २२९ मत पाएका छन् । यस्तै, नेविसंघमा विवेक भट्टराईले ९४, अखिल क्रान्तिकारीका मिराज थापामगरले ५८ मत पाएका छन् ।

कोषाध्यक्षमा पनि अनेरास्ववियु अग्रस्थानमा छ । अनेरास्ववियुकी सन्दिका गुरुङले २२० मत पाएकी छन् । उनलाई पछ्याइरहेकी नेविसंघकी अमिशा यादवले ९९ मत पाएकी छन् । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro