site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । 

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम उनीहरूको मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

सो विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट छिन् । मनोनयन भएका सदस्यहरूमा ई. उज्ज्वल कोइराला (ताप्लेजुङ), ई. प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा. मोहनजंग शाह, (बाँके), डा. निरञ्जन कोइराला (कास्की) छन् । 

त्यसैगरी, कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलीप कार्की (कञ्चनपुर) पनि विभागको ुदस्य मनोनीत भएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro