site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतान्त्रिक अपांग संघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । कुल खसेको ४७० मध्ये ३५१ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

संघको प्रथम महाधिवेशनअन्तर्गत शनिबार (चैत ९) मतदान भएको थियो । मतगणनाको अन्तिम परिणामानुसार अध्यक्ष पदका अर्का प्रत्याशी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरे ।

उपाध्यक्ष र एक महामन्त्री पदमा पनि चम्लागाईं समूहका उदयबहादुर लिम्बू र अनिता घिमिरे निर्वाचित भए । लिम्बूले ३३२ र घिमिरेले ३३९ मत पाए ।

अरू दुई महामन्त्री भने चम्लागाईंभन्दा फरक प्यालनबाट निर्वाचित भए । महामन्त्रीमा निर्वाचित गणेशबहादुर खत्रीले ३४९ र किरण पासवानले ३५५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापानिकट हुन् । सभापति शेरबहादुर देउवानिकटको समर्थनबाट चम्लागाईं निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro