site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । 

बैठक दिउँसो १ बजे बस्नेछ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यप्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । 

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ, सरोकारवाला तथा अन्य सम्बन्धित पक्षहरूसँग अन्तरक्रिया गर्ने कार्यसूची छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

बैठक बिहान साढे १० बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । 

बैठक दिउँसो १ बजे बस्नेछ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro