site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्ववियु निर्वाचन : पीएन क्याम्पसमा दुईहजार ८९७ मत खस्यो, ६९ प्रतिशतले मत हालेनन्

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ३१ प्रतिशत मत खसेको छ । देशकै बढी विद्यार्थी भएको क्याम्पसमा जम्मा दुईहजार ८९७ मत खसेको हो । निर्वाचनमा ६९ प्रतिशत विद्यार्थीले मत हालेनन् । यहाँ कुल नौ हजार २७० मतदाता थिए ।

निर्वाचन समितिका अनुसार, आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय थियो । मतगणना भने सर्वपक्षीय बैठकपछि सुरु गरिनेछ ।

राष्ट्रियस्तरका नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनलाई धेरैको चासोमा समेत छ ।

यसअघि, २०६५ सालमा नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट रश्मि आचार्य स्ववियु सभापति चुनिएका थिए । त्यसयता पृथ्वी नारायण क्याम्पसमा चुनाव हुन सकेको छैन ।

अहिलेको निर्वाचनमा आठ जनाको उमेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने दुईजना स्वतन्त्ररूपमा उठेका छन् । बाँकी ६ जना राजनीतिक दलको विद्यार्थी संगठनका उमेदवार हुन् ।

नेकपा (एमाले)को विद्यार्थी संगठनबाट अनेरास्ववियुबाट विष्णु पौडेल, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, नेकपा (माओवादी केन्द्र)का अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्‌बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro