site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीको प्रस्ताव– विवाहको उमेर घटाऔँ कि रोमियो जुलियट मोडलमा जाऔँ 

काठमाडौं । सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ । प्रतिनिधिसभा अन्तर्गत कानुन समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउन सकिने बताए ।
उनले आफूलाई पनि विवाहको उमेर घटाउँदा हुने लागेको बताए ।

उनले बालबालिका सम्बन्धी ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए ।“मलाई चाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ । कि उमेर घटाएर जाऔँ, कि रोमियो जुलियट मोडलमा जाऔँ । छलफल गरौँ ।”
उनले मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलकै क्रममा रहेको उल्लेख गर्दै भने, “यो लेख्ने त्यो लेख्ने भन्ने छलफल भएको छैन ।”

बैठकमा सांसदहरुले विवाहको उमेर घटाउनुपर्ने बताएका थिए । अहिले विवाहको उमेर २० वर्ष रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro