site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चितवन र बेलबारीमा पनि ‘समानान्तर निटफेस्ट’

काठमाडौं । काठमाडौंमा बुधबारदेखि जारी तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (नेटफिस्ट)को समानान्तर महोत्सव आजदेखि बेलबारी र चितवनमा पनि सुरु हुँदै छ ।

‘बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन दिउँसो १ बजे प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीबाट हुँदै छ । ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र कलाकार विजय बरालले गर्नेछन् ।
 
दुवै सहरमा तीन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाली र विदेशी नाटक मञ्चन हुनेछन् । बेलबारीमा नेपाल, भारत र जापान तीन देशका ६ नाटकसँगै स्थानीय र विद्यार्थी समूहका नाटक पनि मञ्चन हुने महोत्सव निर्देशक विकास बुढाथोकीले जानकारी दिए । 

चितवनमा नेपाल, भारत, जापान, इरान र लिथुवानीयाका नाटक गरी पाँच विदेशी नाटक मञ्चन हुनेछन् । चितवनमा पनि आयोजक संस्था र स्थानीय नाट्य संस्थाका नाट मञ्चन हुने महोत्सव निर्देशक प्रदीप अन्जानले बताए ।

मण्डला थिएटरको आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको निटफेस्ट चैत १२ सम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro