site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘वसन्त’को ट्रेलरमा छुवाछुतविरुद्धको कथा 

काठमाडौं । चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक चार मिनेट लामो ट्रेलरले चलचित्रको कथा खोल्ने प्रयास गरेको छ । 

ट्रेलरले नेपाली समाजमा रहेको जातप्रथाका कारण उत्पन्न समस्यालाई देखाएको छ ।

छुवाछुतका कारण प्रेममा हुने अवरोध, त्यसले प्रार्ने प्रभाव र परिणाम ट्रेलरमा उल्लेख छ । 

छुवाछुत अन्त्यका लागि सशस्त्र द्वन्द्वमा हिड्नु परेको बाध्यात्मक अवस्थालाई पनि ट्रेलरमा समेटिएका छन् । ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, स्वस्तिमा खड्कालगायत कलाकारलाई देख्न सकिन्छ । 

प्रकाश र स्वस्तिमासँगै चलचित्रमा प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

२२ गते प्रदर्शन हुने चलचित्रलाई प्रकाश सपूतले निर्देशन गरेका छन् । चलचित्रमा कथा, पटकथा र संगीत प्रकाश स्वयंको छ । 

चलचित्रका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro