site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि मतदान

पोखरा । देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत १६ वर्षपछि आइतबार (चैत १०) मतदान भइरहेको छ ।

यही चैत ५ गते तोकिएको निर्वाचन यहाँ विभिन्न कारणले अनिश्चित बनेको थियो । तर, विद्यार्थी संगठन र निर्वाचन कमिटीको समझदारीपश्चात् आइतबार मतदान गर्ने सहमति भएको थियो ।

बिहान ८ बजेदेखि मतदान जारी छ । विरासत भत्काउने र जोगाउने दाबी सबै विद्यार्थी संगठनले गरिरहेका छन् । दुई स्वतन्त्र उमेदवार पनि आफूले नै जित्ने बताइरहेका छन् ।

राष्ट्रियस्तरका नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनलाई धेरैले चासोका साथ हेरेका छन् ।

यसअघि, ०६५ सालमा नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट रश्मी आचार्य स्ववियु सभापति चुनिएका थिए । त्यसयता पृथ्वीनारायण क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

अध्यक्ष पदका निम्ति यसपालि आठ उमेदवार चुनावी मैदानमा छन् । कमल सुवेदी र विप्लपी न्यौपाने दुईजना स्वतन्त्र रूपमा उठेका छन् । बाँकी ६ जना राजनीतिक दलको विद्यार्थी संगठनका तर्फबाट उमेदवार हुन् ।

एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट सुशील न्यौपाने, नेकपा (माओवादी केन्द्र)को अनेरास्ववियु (क्रान्तिकारी)बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्‌बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्याशी छन् ।

समानुपातिकका निम्ति अध्यक्षको प्यानलमा रहेकाबाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य)का उमेदवार पनि चुनावी मैदानमा छन् । यहाँ नौ हजार २७० मतदाता छन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro