site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एमाले सहरी विकास विभागद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताए ।

उनले विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढंग नपुर्‍याउँदा सार्वभौमसत्ता, अखण्डता र स्वाधिनता कायम राख्न कठिन हुने उल्लेख गरे । राजावादीको आन्दोलनतर्फ इंगित गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरूलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिए । 

उनले नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभइ समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरूलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, "कतिपय कुराहरु पार्टीगत ढंगले गरिएको कुराहरु भन्दा पनि अलि पृथक ढंगले पनि सोच्नुपर्ने हुन्छ, देश निर्माण गर्ने खालका कुरा, पार्टीको एउटा भिजन छ । तर त्यो भिजनबाट निर्देशित भएर चलेर अगाडि बढ्ने हो । यो सँगसँगै अन्य सम्भव भएका सबै पक्षहरूलाई समेट्ने हिसाबले हामी जानुपर्ने हुन्छ । त्यो योग्यतापूर्वक गर्न सकियो भने मात्रै हामी ठिक ढंगले अगाडि बढ्नसक्छौँ ।"

वरिष्ठ उपाध्यक्ष पोखरेलले अधिकार प्राप्तिको लडाइँ सकिएकाले राष्ट्रमा समृद्धि प्राप्तिको अभियानमा एमाले लागेको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro