site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘कर्मा’को गीत ‘सारी लगाइदेउ’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्दरचना सुष्मा सिग्देलको छ । संगीत भाष्कर स्वारले गरेका छन् । 
नेपाली ग्रामीण जीवनशैलीका शब्द गीतमा प्रयोग भएको छ । रत्यौली संस्कृतिलाई समेटेर गीत तयार पारिएको छ । 

माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले पुरुषको मर्दपनको कुरा गरेको छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । 

चैत २९ गते रिलिज हुने ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक निर्देश सौरभ चौधरी स्वयंले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro