site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
गुगलले प्लेस्टोरबाट हटायो ६ करोड डाउनलोड रहेका ३३१ एप

काठमाडौं । गुगलले प्लेस्टोरबाट साइबर सुरक्षाको जोखिम भन्दै दर्जनौँ एप हटाएको छ । एन्ड्रोइड फोन एवं अरू उपकरणको सबैभन्दा ठूलो एप स्टोर प्लेस्टोरले एन्ड्रोइड १३ को सुरक्षालाई ‘बाइपास’ गर्न सक्ने भन्दै ३३१ एप हटाएको हो ।

यस्ता एपले २० करोडभन्दा बढी नक्कली विज्ञापन चलाएर प्रयोगकर्ताको उपकरणमा ‘फिसिङ’ गरेका छन् । यसरी व्यक्तिगत विवरणदेखि क्रेडिट कार्डसम्मको जानकारी संकलन गरेको पाइएको छ ।

यी एप प्रयोगकर्ताको जानकारीबिना ब्याकग्राउन्डमा चल्ने र हालै प्रयोग गरिएकाको सूचीबाट समेत हराउनेसम्मका थिए । एन्ड्रोइडको ब्याक बटनको सिस्टमलाई नै चल्ने बनाउनेदेखि फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा फेक लगइन गर्न लगाउने गतिविधि यी एपले गराएको छ ।

गुगलले यसरी पहिचान गरिएका सबै एप प्लेस्टोरबाट हटाइएको जनाएको छ । यस्ता एपमा एक्वाट्र्याकर, क्लिकसेभ डाउनलोडर, स्क्यान हक, वाटर टाइम ट्र्याकर र बी मोर र ट्रान्सलेटस्क्यानलगायत छन् । यी हरेक एपको डाउनलोड एक करोडभन्दा बढी रहेको बताइएको छ ।

यसरी हटाइएका एपहरू ६ करोडभन्दा बढीपटक डाउनलोड गरिएका छन् । इन्डियन एक्सप्रेसबाट ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro