site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चैत २९ मा विपीन भर्सेस प्रदीप, दयाहाङ र सौगात, कसले मार्ला बाजी ?

काठमाडौं । चलचित्र ‘नरसिंहा अवतार’ चैत २९ गतेबाट पछि हटेसँगै यो मितिमा दुईवटा सिनेमा मात्रै बाँकी रहेका छन् । अब चैत २९ मा ‘कर्मा’ र ‘पिताम्बर’ रिलिज हुनेछन् । 

‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका छन् भने ‘पिताम्बर’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । 

राजेश हमालको कमब्याक भनिएको ‘नरसिंहा अवतार’ पूर्वनिर्धारित मितिमा नआउने भएपछि कृषा र सौरभ चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । 

सौरभ र कृषाको क्रमशः ‘कर्मा’ र ‘पिताम्बर’ एकै दिन आउँदा विपीन कार्कीले अन्य मल्टिस्टारको सामना गर्नुपर्ने पर्नेछ । 

‘कर्मा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । ‘पिताम्बर’ भने मल्टिस्टार सिनेमा हो । यसमा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राईलगायत कलाकारको अभिनय छ । 

कलाकारको लाइनअप हेर्दा चैत २९ विपीन भर्सेस प्रदीप, सौगात र दयाहाङ हुनेछ । 

‘कर्मा’ एक्सन चलचित्र हो । यो चलचित्रमा विपीन एक्सन भूमिकामा देखिँदै छन् । यो उनको पहिलो एक्सन चलचित्र हो । 

ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

यी चलचित्रमध्ये कुनले राम्रो व्यापार गर्छ, त्यो प्रतिक्षाको विषय बनेको छ । 

‘पिताम्बर’मा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको छ । यो पनि एक्सन ड्रामा हो । यो बिग बजेटमा बनेको निर्माणपक्षले दाबी गर्दै आएको छ । मल्टिस्टार लाइनअप र एक्सन जानरा भएकाले यसको बजेट उच्च भएको हो । 

‘कर्मा’मा भने विपीनसँगै मुुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देब, सरिता गिरीलगायत कलाकारको अभिनय छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro