site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले बिहीबार एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो ।

त्रिवि क्याम्पसमा शुक्रबार (चैत ८) मा निर्वाचन तोकिएको थियो । तर, स्ववियु निर्वाचनको बारेमा उच्च अदालत पाटनमा मुद्दा परेपछि स्थगित गरिएको हो ।

उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा बिहीबार (आज)का लागी पेसी तोकिएको थियो । उक्त पेसीबारे त्रिविलाई जानकारी दिनु भनी आदेश समेत दिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।

अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro