site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अवसर हुँदाहुँदै बाहिर जाने काम राम्रो होइन, देशलाई माया गर्न सिकौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ पास भएपछि विदेश जाने परिस्थिति रोक्न सरकार गम्भीर भएको बताएका छन् । आज प्रतिनिधसभा बैठकमा सांसद भगवती चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले देशमा नै अवसर हुँदा पनि बाहिर जानु राम्रो नभएको भनेर नयाँ पिँढीलाई सम्झाउनुपर्ने बताए । 

“यही अवसर हुँदाहुँदै पनि बाहिर जाने राम्रो होइन, देशलाई माया गर्न सिकाउनुपर्छ । बाहिर जाने बाध्यता, परिस्थिति रोक्न सरकार गम्भीर छ,” उनले भने । 

उनले युवाहरूलाई उद्यमशील हुन सिकाइरहेको पनि बताए । आर्थिक, प्राविधिक पक्षमा सरकारले सहयोग गरिरहेको उनको भनाइ छ । उनले ५०० युवालाई स्टार्टअप ऋण सहायता दिने जानकारी पनि गराए ।

प्रधानमन्त्री ओलीले 'व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन' भन्ने भाष्यले निराशा फैलिएको बताए । खेत बाँझो हुँदा ऋण काढेर  बाहिर जाने र तत्लोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु उचित नभएको उनको भनाइ छ । 

“खेत छ, त्यहाँ उत्पादन गर्ने ठाउँमा ऋण काढेर बाहिर जानु अनि तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु उचित तरिका होइन,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro