site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भुवन मास्केको ‘समय र अनुभूति’ सार्वजनिक 

काठमाडौं । वासु शशि स्मृति प्रतिष्ठानले लेखक भुवन मास्के ‘मुस्कान’को संस्मरण संग्रह ‘समय र अनुभूति’ एक समारोहकाबीच लोकार्पण गरेको छ । प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति कवि विष्णुविभु घिमिरेलगायतले उक्त कृति सार्वजनिक गरे ।

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि घिमिरेले संस्मरण र यात्रा साहित्यमा इतिहास र संस्कृति पनि आउने भएकाले जानकारी लिन चाहनेहरूका लागि यस्ता कृति पठनीय हुने बताए । 

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिभित्रका आलेखहरू पढ्दै जाँदा भाषा शैलीका कारण रोचक भएको उल्लेख गरे । उनले त्यसभित्र प्रेमध्वज प्रधानका विषयमा चार वटा निबन्ध लेखिएको बताए । 

कार्यक्रममा कृतिकार मास्के, साहित्यकारहरू हिरण्यकुमारी पाठक, राधेश्याम लेकाली, प्रद्युम्न जोशीलगायतले बोलेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro