site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किंदैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले राजतन्त्र नआउने र आउन नदिइने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले दरबार हत्याकाण्डबाटै गणतन्त्रको प्रारम्भ भएको बताए ।

“०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भएको हो,” उनले भने ।

उनले वंशनासँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने बताए । “वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किंदैन । सार्वभौम भएको जनता फेरि राजतन्त्र ल्याउने मूर्खता पनि गर्दैन भन्ने स्पष्ट गर्न चाहन्छु,” उनले भने । 

शर्माले राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी नभएको बताए  । बरु, समाजमा रहेको, आफैँभित्र रहेको राजतन्त्रीय प्रवृत्ति र व्यहारको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

“आफैँभित्रको रातन्त्रको अन्त्य गर्न लाग्नुपर्छ । आजको मुख्य काम यही हो,” उनले भने । 

देशमा भएका काम स्थापित गर्न कमी रहेको ठम्याइ शर्माको छ । “नयाँ पुस्ताको सोच, हाम्रो आवश्यकताअनुसार अघि बढ्न नसकेको कुरा पक्कै हो । सबै कुरा ठिकठाक छ भन्ने होइन,” उनले भने । 

नेताहरूबीच कुर्सी छिनाझपटी, एक अर्काप्रतिको गालीगलौज, लाञ्छनाका कारण लोकतान्त्रिक अभ्यासमा अविश्वास पैदा भएको उनले बताए । उनले अहिलेका कमजोरीलाई सार्वजनिक गर्न आआफ्ना क्षेत्रबाट श्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro