site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका घिमिरेको अभिव्यक्तिप्रति एमाले सांसदको आपत्ति

काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रियसभामा समेत विरोध भएको छ । सोमबार (चैत ४) राष्ट्रियसभा बैठकमा नेकपा (एमाले)की सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी हुन् ।

‘नेपाली समाजको मूल्य–मान्यताविपरीत गरिमामय सदनमा यति निकृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कसले दियो ?’ भन्दै उनले प्रश्न समेत गरिन् । “हिजो प्रतिनिधिसभामा एकजना माननीयज्यूले बोल्ने क्रममा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्नेजस्तो घोर आपत्तिजनक विषय राख्नुभएको छ,” उनले भनिन्, “नेपाली समाजको मूल्य–मान्यताविपरीत गरिमामय सदनमा यति निकृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कसले दियो ?”

त्यसबाट समाजमा पर्ने असरको समेत हेक्का नराखी अभिव्यक्ति दिएका सांसद घिमिरेले माफी माग्नुपर्ने उनले माग गरिन् । “समाजमा पर्ने असरलाई उहाँले अलिकति पनि हेक्का नराखी गलत भाष्य स्थापित गर्न खोज्ने माननीयले अविलम्ब माफी माग्नुपर्छ,” उनले भनिन् ।

नेकपा (माओवादी केन्द्र)की सांसद रेनु चन्दले ‘स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको पदोन्नति किन भएन ?’ भन्दै प्रश्न गरिन् । उनले मधेसी महिला भएकै कारणले मिश्राको पदोन्नति नगरिएको भन्दै स्वास्थ्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताइन् ।

उनले भनिन्, “...नेपाल सरकारका मन्त्रीहरू कहिले कर्मचारीलाई शून्य नम्बर दिएर र कहिले पदोन्नति रोकेर के गर्न खोजिराख्नुभएको छ ? यसको जवाफ पनि उहाँहरूले दिनुपर्‍यो ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro