site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको तस्बिर जलाएका राप्रपानिकट युवक समातिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनमा आबद्ध निराजन बम छन् ।

शनिबार (चैत २) मकवानपुरको हेटौँडामा उनले प्रचण्डको तस्बिर जलाएका थिए । आइतबार (चैत ३) चितवनबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जानकारी दिएको छ ।

भरतपुर विमानस्थल हुँदै काठमाडौं आउन लागेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बमले शनिबार हेटौँडामा आयोजित संगठनको कार्यक्रममा प्रचण्डको तस्बिर जलाएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro