site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न यही चैत ३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।

समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्य–मान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्‍याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro