site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको कार्यालयमा शिक्षकको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनका क्रममा शनिबार (चैत २) नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना दिइएको छ । सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकले आलोकनगरस्थित उक्त पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा अब जारी हुने विद्यालय शिक्षा विधेयकमा समेटिनुपर्ने महासंघको माग छ । यसअघिका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने महासंघले जनाएको छ । शिक्षकले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएका थिए ।

माग पूरा नभए चैत ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन गर्ने तय छ । चैत २० गतेदेखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले जनाएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro