site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआई नेपालको आर्थिक वृद्धिका निम्ति नयाँ ढोका : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मार्फत नेपाल र चीनको ऐतिहासिक सम्बन्ध अझै मजबुत हुँदै गएको बताएका छन् । 

फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपाल र चीनबीचको आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै बीआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताएका हुन् । 

बीआरआईलाई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रूपमा लिनुपर्ने उनले बताए । उनले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बीआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । 

नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका निम्ति चीनबाट महत्त्वपूर्ण सहयोग रहने अपेक्षा रहेको उनले बताए । 

सभामुख घिमिरेले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्दै दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान नेपाल सदैव तत्पर रहँदै आएको उल्लेख गरे । 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro