site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी कार्यालयमा शिक्षकको धर्ना

काठमाडौं । आफूहरूसँग गरिएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने माग गर्दै शिक्षकहरूले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रबार (चैत १) त्यहाँ धर्ना दिइएको हो ।

सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन र त्यसका आधारमा संसद्को चालु अधिवेशनबाटै उक्त विधेयक पारित गर्नुपर्ने माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले शिक्षाप्रतिको उदासीनताका कारण मुलुकको विकास हुन नसकेको जिकिर गरे ।

शिक्षाको विकासमा सरकारको कुनै ध्यान जान नसकेको उनले बताए । आफूहरूका माग पूरा गर्न सरकारलाई बाध्य पार्ने उनले चेतावनी दिए ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने महासंघले जनाएको छ ।

यस्तै, चैत ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन गरिनेछ । चैत २० गतेदेखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले जनाएको छ ।

अब सरकारसँग कुनै वार्ता नगर्ने र यसअघिका सहमति कार्यान्वयनका निम्ति दबाब दिइने अध्यक्ष सुवेदीले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro