site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अञ्जिला’को मर्मस्पर्शी गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘अञ्जिला’को मर्मस्पर्शी गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक भएको छ । बिहीबारदेखि प्रदर्शनमा आएको ‘अञ्जिला’को गीत आज युट्युबमा सार्वजनिक गरिएको हो । 

गीतमा दुःख, पीडा र बेदना पोख्ने शब्द छन् । गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवनकाथाका केही अंश बोल्छ । 

गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । थानेश्वरको संगीत र प्रभा बर्तौलाको शब्दरचना छ । 

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । 

चलचित्रमा एन्जिलासँगै सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 

चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro