site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ तत्काल गर्न एकीकृत समाजवादीको माग 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्न सरकारसँग माग गरेको छ । शुक्रबार (चैत १) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले रोजगारी र सुशासन आजसम्म सरकारको मुद्दामा नपरेको जनाएको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले सोही कारण सधैँभरि संकटपूर्ण संक्रमणमा अल्झिरहनुपरेको बताए । “...राजनीतिक नालायकी, अस्थिरता र अन्योल बढ्दै गएको छ । मुलुकले लामो समय यो अवस्था थेग्न सक्दैन । यस अवस्थामा हाम्रो प्रस्ताव छ, मुलुकको राष्ट्रिय एजेन्डा बनाउन सरकारले यथाशीघ्र रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गरोस्,” भुसालले भने ।

उक्त सम्मेलनमा सबै राजनीतिक पार्टीले गणतन्त्रको अभ्यासमा रहेका कमी–कमजोरीको आत्मसमीक्षा गर्नुपर्नेमा एकीकृत समाजवादीले जोड दिएको छ । सम्मेलनमा आउँदो १० वर्षमा कृषि, उद्योगलगायत उत्पादन क्षेत्रको विकास, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार, ढिलासुस्तीरहित पारदर्शी राजनीतिक न्यायिक तथा प्रशासनिक व्यवस्थाका निम्ति आआफ्ना योजना पेस गर्ने एकीकृत समाजवादीको प्रस्ताव छ ।

त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्ने भुसालले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro