site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेविसंघले लगाएको ताला प्रहरीले फुटायो

विराटनगर । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको शेखर कोइराला समूहले विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा लगाएको ताला प्रहरीले फुटाइदिएको छ । 

बुधबार नेविसंघको आधिकारिकता विवादपछि कोइरालापक्षीय विद्यार्थीले महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको  प्रहरी टोलीले विद्यार्थीले लगाएको ताला फुटाएको हो । मोरङ क्याम्पसमा स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले अलग–अलग मनोनयन दर्ता गराएका थिए । 

तर, निर्वाचन समितिले भने संस्थापन पक्षलाई आधिकारिता दिई कोइराला पक्षलाई स्वतन्त्र उमेदवारको रूपमा नामावली प्रकाशन गरिदिएको छ । 

नेविसंघका मोरङ सभापति सरोज पोखरेलले निर्वाचन समितिले मध्यरातमा स्वतन्त्र उल्लेख गरी आफ्नो पक्षको नामावली प्रकाशन गरेकाले तालाबन्दी गर्नुपरेको बताएका छन् । 

केही दिनअघि मोरङ क्याम्पसमा नेविसंघको इकाइ गठनको विषयलाई लिएर नेविसंघका दुई खेमा कुटाकुटमा उत्रिएका थिए । घटनामा नेविसंघ सभापति पोखरेल घाइते भएका थिए ।
 
महेन्द्र मोरङ क्याम्पसमा कुटाकुटपछि संस्थापन पक्षले पनि मोहम्मद तनविरलाई मोरङ जिल्ला सभापति चयन गरेको छ । 

मोरङमा नेविसंघले संस्थापन र कोइराला पक्षका नाममा समानान्तर गतिविधि गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro