site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारलाई बिचौलिया भन्नु खेदजनक : महेश बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले बनाएको सरकारप्रति माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगाएको आक्षेप खेदजनक रहेको बताएका छन् ।

मंगलबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले झन्डै दुईतिहाइको संसद्ले बनाएको सरकारलाई बिचौलिया भन्नु खेदजनक रहेको भन्दै आफूलाई सच्चाउनुपर्ने उल्लेख गरे ।

वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको भन्दै उनले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गरे ।

बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानुनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै विपक्षी भएकै कारण विरोध गरिएको बताए । विपक्षी दललाई सदनमा पर्याप्त ठाउँ दिइरहेको धारणा राखे ।

प्रधानमन्त्री केपी ओलीको निकै अघिदेखिको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण विपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थित हुन नसकेको बताए ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro