site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सभ्यता बोकेको प्रदेश हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक हिसाबले कोसी प्रदेश अत्यन्तै सुन्दर रहेको बताएका छन् । मंगलबार कोसी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओलीले आफैँ निर्वाचित भएको प्रदेश भएकाले आफूलाई कोसीबारे जानकारी रहेको बताए ।

ओलीले कला संस्कृति, जातजाति, हिमाल आदि धेरै विषयले कोसी प्रदेश महत्त्वको भएको चर्चा गरे । कोसीबाट ऐतिहासिक सभ्यता सुरु भएको र प्राकृतिक हिसाबले सुन्दर प्रदेश भएको ओलीको भनाइ छ । “प्रकृति, पुर्खा र इतिहासप्रति हामी गर्व गर्न सक्छौँ,” उनले भने ।

ओलीले कोसी प्रदेशको मुख्य नदी सप्तकोसीमा फुल्चोकीदेखि रोशी हुँदै र साँगाको ढलदेखिको पानी आउने गरेको सुनाए । उनले हलेसी, पाथीभरा, अर्जुनधारा, किचकबध, बर्जुतालको चर्चा गरे । ती क्षेत्रको साइनो द्वापर युगसँग भएको ओलीको भनाइ छ ।

सगरमाथा संवादको विषय वातावरण, हिमाल र विकाससँग सम्बन्धित भएको बताउँदै ओलीले हिमाल पर्यटन बढाउने लक्ष्य रहेको बताए ।

“यति धेरै अग्ला हिमाल थुप्रै भए पनि आठ हजार मिटरमाथिका हिमाल पर्यावरणीय हिसाबले महत्त्वपूर्ण छन्,” उनले भने, “नदीहरूको महत्त्व पनि उत्तिकै छ । प्राकृतिक हिसाबले यो उर्वर र ठूलो इकोसिस्टम पैदा गर्ने कोसी प्रदेशमा छ ।”

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro